Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं, गुन्डा नाइके दीपक मनाङेसहित उनको समूहका दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

गुन्डागर्दीको उजुरीका आधारमा मनाङेको समूहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए।

सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए।

ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

उपत्यकामा सक्रिय अन्य गुन्डा नाइकेहरूलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए । बिहीबार बेलुका प्रहरीले अन्य गुन्डा नाइकेको अखडामा पनि छापा हानेको थियो।

गत साता मात्र प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी पक्राउ गरेको थियो।





Comments

comments

Leave a Reply

13297