जेनजी आन्दोलनकारीद्वारा देउवा दम्पतीमाथि कुटपिट..

काठमाडौं, २४ भदौ २०८२ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि उग्र प्रदर्शनकारी जेनजी समूहले कुटपिट गरेको छ। यो घटना काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भएको हो।

-

जेनजी आन्दोलनका क्रममा उग्र रूपमा प्रस्तुत भएका युवाहरूले देउवा दम्पतीमाथि आक्रमण गरेको बताइएको छ। प्रदर्शनकारीहरूले देउवाको घरमा तोडफोड र आगजनीसमेत गरेका छन्।

यो आन्दोलनले राजधानीमा तनावपूर्ण स्थिति सिर्जना गरेको छ। प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन र विभिन्न नेताहरूको घरमा आगजनी र तोडफोडका गतिविधिहरू जारी राखेका छन्। प्रहरीले स्थिति नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था गरेको छ, तर आन्दोलनकारीहरूको उग्र गतिविधिका कारण थप चुनौती खडा भएको छ।





Comments

comments

133030