कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २५ भदौ २०८२ – काठमाडौंको कालिमाटी चोकमा मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ। जेनजी युवाहरूको जारी प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा यस्तो घटना भएको हो।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो २ बजे भएको झडपमा प्रहरीले चलाएको गोली दुई युवाको टाउकोमा लागेको थियो। मृतकको पहिचान खुल्न बाँकी छ। घटनापछि कालिमाटी क्षेत्रमा तनाव बढेको छ।





Comments

comments

133033