Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज हङकङको स्थापना दिवस

एचकेनेपाल डट कम संवाददाता –
हङकङ,१ जुलाई । सरकारले आज हङकङको स्थापना दिवस भव्यताका साथ मनाउंदै छ।

जुलाई १ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रको स्थापना तथा संयुक्त राज्य बेलायतले हङकङ मुख्यभूमि चीनलाई १९९७ मा हस्तान्तरण गरेपछि प्रत्येक वर्ष वार्षिकोत्सवको रुपमा यो दिवस मान्दै आएको छ।

यस दिन सार्वजनिक विदा दिएर सरकारमातहतका निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

सरकारले गोल्डेन बाहुनिया स्क्यावरमा विशेष समारोहको आयोजना गरेर झण्डोत्तलन गर्ने गरिन्छ। पदयात्रा, सांस्कृतिक प्रदर्शनसहित साँझपख शानदार आतिशबाजी (फायरवर्क्स) को आयोजनासमेत गरिन्छ।

फाईल फोटोः Johnson Choi @johnsonwkchoi





Comments

comments

Leave a Reply

13304