बेल्जियमलाई पराजित गर्दै वेल्स युरोकपको सेमिफाइनलमा


रोशन मेवाहाङ / एचकेनेपाल डट कम –

लण्डन , असार १८ । फ्रान्समा जारी युरोकप फुटवल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वेल्सले वेल्जियमलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार साँझ सम्पन्न खेलमा १३ अौं मिनेटमा वेल्जियमका जर्सि नम्वर ४ नाइङगोलनले पहिलो गोल गर्दै वेल्जियमलाई अघिल्लो अग्रता दिलाएका थिए । रवाफिलो प्रतिस्पर्धाको ३० अौं मिनेटमा वेल्सका टिम क्याप्टेन अास्ली वीलियमले टाउकोद्वरा प्रहार गरेको बल बन्दुकको गोलि झै विपक्षी टिमको जालीमा छिरेको बलले पहिलो हाफको खेल बराबरीमा ल्याएका थिए ।

दोश्रो आफको ५५औ मिनेटमा वेल्सका अारोन राम्सिले लामो दूरीबाट ठूलो डिबक्स छेउमा आफना मित्र रब्सन कानुलाई गरेका क्रस पास उनले गोलमा बदल्दै वेल्सलाई अघिल्लो सूचीमा पारेका थिए । त्यसैगरी ८५ अौं मिनेटमा वेल्सका भोक्सले थप तेस्रो गोलको झट्किलो प्रहारले वेल्जियमको युरोकप उपाधि चुम्ने सपना टुङ्गाएका थिए ।

सन १९५८को वल्र्ड कपमा ब्राजिलले हराएका वेल्स ईतिहासमै पहिलोपटक युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी पोर्चुगल र पोल्याण्डले प्रतिस्पर्धा गरेको क्वाटर फाइनलको निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट पाेर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो।

सन २०११ मा फुटबल प्रतियोगितामा ११७ अौं स्थानमा वल्ड रेन्किङमा अल्झिएको राष्ट्र एक्कासि चुचुरोमा पुग्दा वेल्सका बासिन्दामा खुशी छाएको देखिन्छन् ।

वेल्सका खेल प्रबन्धक क्रिस कोलम्यानले फुटबल इतिहासमा वेल्सले अाज खेलेको खेल सर्वाधिक उत्कृष्ट खेल खेलेका दावी गरेका छन् । उनले भने,वेल्सलाई निकै कठिन परिस्थितिमा पुर्‍याएका वेल्जियम खेलाडीले पाएका धेरै अवसरलाई गोल गर्न सकेनन् । बल पोजिसनमा वेल्जियम ५४% रहिरहे पनि पोष्ट टार्गेट अाक्रमणमा वेल्जियमले ७ पटक गरेपनि गोल गर्न असफल बनेका थिए ।

उक्त क्वाटर फाइनल खेलमा वेल्सका वेन डेभिस र अारोन राम्सिले पहेलो कार्ड पाएका कारण सेमिफाइनल खेलबाट बन्चित भएका छन् । निर्धारित समय ९० मिनेट प्रतिस्पर्धा भएको क्वाटर फाइनलमा वेल्सका रब्स न कानु सर्वाधिक उत्कृष्ट खेलाडी घोषित भए ।

रमणीय देश वेल्स वरीयतामा निकै पछाडि देखिए पनि अहिले युरोकपको अन्तिम चरणको नकाउट प्रतियोगितामा निकै रवाफिलो खेल खेलिरहेको संसारभर रहेका फुटबल प्रेमी दर्शकले सामाजिक संन्जालतिर प्रतिक्रिया गरिरहेको देखिन्छ । अागमी बुधबार साँझ फ्रान्स , लियोनमा हुने सेमिफाइनल खेलमा वेल्सले पोर्चुगलसंग प्रतिस्पर्धा गर्ने छ।





Comments

comments

Leave a Reply

13335