चितवनमा उपमेयरको घर जलाउने क्रममा घाइते युवकको मृत्यु

चितवन, भदौ २७, २०८२ – जेन-जी आन्दोलनको क्रममा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२१ का १९ वर्षीय सरोज गुरुङको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले पुष्टि गरे।

भदौ २४ गते भरतपुर-२१ मा रहेको उपमेयर चित्रशेन अधिकारीको घरमा आगजनी गर्ने क्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गुरुङ गम्भीर घाइते भएका थिए। टाउको, छाती र पेटमा गहिरो चोट लागेका गुरुङको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको थियो।





Comments

comments

133090