धरानको भाटभटेनीमा भेटियो जलेको अवस्थामा ४ जनाको शव

धरान, २८ भदौ २०८२ – धरानस्थित भाटभटेनी सुपरमार्केटमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा चार जनाको शव फेला परेको छ। शुक्रबार दिउँसो दोस्रो तलामा एक र तेस्रो तलामा तीन जनाको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

-

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार शवको पहिचान अझै खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानले शवहरू लुटपाट गर्न भित्र गएका व्यक्तिहरूको हुनसक्ने आशंका गरिएको छ। मंगलबार राति तोडफोड र लुटपाटका क्रममा केही व्यक्ति भित्र फसेको हल्ला फैलिएको थियो। प्रहरीले मृतकको पहिचानका लागि अनुसन्धान जारी राखेको छ।





Comments

comments

133093