न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ सेप्टेम्बर। शुक्रबार बिहान साउ माउ पिङको ली अन रोडमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनको नाति घाइते भएका छन्।
प्रहरीले खतरनाक ढंगले सवारी चलाएर मृत्यु र गम्भीर चोट पुर्याएको आशंकामा एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहान ८:४० बजे सडक पार गर्ने क्रममा ६६ वर्षीया एक महिलालाई गाडीले ठक्कर दिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको हो। उनकी ३ वर्षीय नातिलाई अनुहार र हातखुट्टामा चोट लागेको छ र उनलाई अस्पताल भर्ना गरिएको छ।
प्रहरीले ५१ वर्षीया एक महिला चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ।