सुदन गुरुङको पत्रकार सम्मेलनमा किन भयो भाँडभैलो?

काठमाडौं, २९ भदौ। ‘हामी नेपाल’ संस्थाका सञ्चालक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ठूलो हंगामा र कुटाकुटको स्थिति सिर्जना भएको छ।

सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण प्रस्तुत गर्दै आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनी दिए। तर, पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनको उत्तेजित र धम्कीपूर्ण प्रस्तुतिले वातावरण तनावग्रस्त बन्यो। गुरुङको भनाइप्रति आपत्ति जनाउँदै पत्रकारहरूले विरोध जनाएपछि दुवै पक्षबीच तीखो विवाद र धकेलाधकेलको अवस्था आयो।

सम्मेलनमा उपस्थित केही युवाहरूले सञ्चारकर्मीहरूसँग विवाद र हातपात गरेपछि स्थिति कुटाकुटमा परिणत भएको हो। जेन–जी आन्दोलनका विषयमा भइरहेको विवादलाई लिएर आयोजित यो पत्रकार सम्मेलनमा उपस्थित युवाहरूबीच समेत एकआपसमा विवाद भएको थियो। केही युवाहरूले सम्मेलनमा घुसपैठ भएको आशंका व्यक्त गरेका छन्।





Comments

comments

133155