काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै परित्यागको घोषणा गरेकी हुन्।
श्रेष्ठले पार्टीले देश र पार्टीभन्दा नेतालाई प्राथमिकता दिएको, आलोचनामाथि मिडिया ट्रायल भएको र गल्ती स्वीकार नगरेको भन्दै आक्रोश पोखेकी छन्। उनले रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप र कारागार प्रकरणलाई लिएर पार्टीको रवैयाप्रति प्रश्न उठाएकी छन्।
उनले कांग्रेस, एमाले लगायतका नेताहरूलाई पनि नेतृत्वको पूजा बन्द गर्न वा हट्न सुझाव दिइन्।
जेन–जी आन्दोलनको उपलब्धी संस्थागत गर्न लाग्ने बताउँदै उनले सरकारमा जाने हल्ला निराधार भएको स्पष्ट पारेकी छन्। भविष्यमा नयाँ दल गठन गर्ने विषयमा उनले हाल कुनै योजना नरहेको बताएकी छन्।