काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टी घोषणा गरेका छन्।
टीकापुर हत्याकाण्डमा जेल सजाय भोगेका चौधरीले सत्ताको विवाद र श्रीमती रञ्जितासँगको असमझदारीपछि यो कदम चालेका हुन्।
जेनजी युवा आन्दोलनलाई समर्थन जनाउँदै चौधरीले हर्क साम्पाङ, गोपाल हमाल र कुलमान घिसिङजस्ता स्वतन्त्र व्यक्तिहरूसँग हातेमालो गर्दै देशलाई उन्नतिको बाटोमा लैजाने अभियान सुरु गर्ने बताए। उनले आजदेखि नयाँ पार्टी निर्माणको यात्रा थालेको घोषणा गरेका छन्।