न्युज डेस्क / एचकेनेपाल डट कम –
(सियान, चीन) एक बिवाहित चिनियाँ महिलाले कारमा परपुरुषसँग यौन सम्पर्क गरेको बेला पुरुषको अचानक मृत्यु भएपछि प्रहरीलाई खबर नगरेको भन्दै त्यहाँको अदालतले ती महिलालाई मृतकको परिवारलाई १ लाख ३८ हजार युआन क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
झाङ नाम गरेकी महिलाले मृतक पुरुषलाई फेब्रुअरी २०२३ मा म्यासेजिङ एपमार्फत भेटेकी थिइन्। उनीहरू पहिलो पटक होटलमा भेटेपछि यौन सम्पर्क राखेका थिए। मार्च ३, २०२३ को साँझ उनीहरू फेरि भेटे र निजी कारको पछाडिको सिटमा यौन सम्पर्क गरे। सम्पर्कपछि, पुरुषको स्वास्थ्य बिग्रिएको उनले देखिन्। उनको सास रोकिएको थाहा पाएपछि उनले स्थिति सार्वजनिक हुने डरले उनको फोन लिएर घटनास्थलबाट प्रहरीलाई खबर नदिइ भागेकी थिइन्।
अदालतले पुरुषको मृत्युको कारण मुटुको रोग भएको पुष्टि गरेको छ। पहिलो सुनुवाइमा, अदालतले झाङलाई पुरुष बिरामी हुँदा सहायताको लागि प्रहरीलाई खबर नगरेकोमा १५% जिम्मेवार ठहरायो। जसले उनको उपचारको अवसर गुमाएको थियो। फलस्वरूप, उनलाई १ लाख ३७ हजार युआन (लगभग १ लाख ४९ हजार हङकङ डलर) तिर्न आदेश दिइएको छ।
दोस्रो सुनुवाइमा अन्त्येष्टि खर्चको गणना क्षतिपूर्तिको रकममा समायोजन गरिए पनि मूल फैसला कायम राखियो।
अदालतले झाङ विवाहित भएर पनि अर्को व्यक्तिसँग अनुचित सम्बन्ध राखेकोमा सार्वजनिक नैतिकता उल्लंघन गरेको ठहर गर्दै उनलाई मृत्युको आंशिक रूपमा जिम्मेवार ठहराएको जनाइएको छ।