गायिका समीक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा “आयो दशैं” गीत सार्वजनिक

आर पोखरेल, काठमाडौं – नेपालीहरूको महान् पर्व बडादशैंको विशेष अवसरमा गायिका समीक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत “आयो दशैं” सार्वजनिक भएको छ। गीतका शब्द अशोक अर्यालले लेखेका छन् भने संगीत रचना राजु अर्यालले गरेका छन्।

गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् भने खडक बाजुरालीले मास्टरिङ गरेका छन्। रेकर्डिस्ट सागर बाजुराली र मालाश्री स्टुडियोमा भएको रेकर्डिङले गीतलाई उच्च गुणस्तरमा प्रस्तुत गरेको छ। यो गीतले दशैंको चाडपर्वको माहोललाई संगीत र भिडियोमार्फत व्यक्त गर्दै धेरैको मन जित्नेमा आफू निकै आशावादी रहेको गायिका समीक्षा अधिकारीले बताइन्।

गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ। यो भिडियो प्रतिमा अर्यालले निर्माण गरेकी छन् भने निर्देशन र कोरियोग्राफी शिव बि.के.ले गरेका छन्। छायांकन पशुपति बस्यालले गरेका छन्, जसले दशैंको रमाइलो माहोललाई दृश्यमा जीवन्त बनाएका छन्। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन्।

“आयो दशैं” गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।





Comments

comments

133314