काठमाडौं । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। चन्द्रमाको आधार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम चन्द्रघण्टा रहेको मार्कण्डेय पुराणमा उल्लेख छ। यस्ती देवीको पूजाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।
चन्द्रघण्टा देवीको स्वरुप पहेँलो, शान्त र करुणामयी छ। गीत संगीत क्षेत्रमा लागेकाले विशेष आराधना गर्छन्। पूजाका क्रममा मणिपुर चक्रको ध्यान गरिन्छ, जसले पाप नाश र ललाटमा चमक प्रदान गर्ने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ। नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत स्तोत्र पाठ गरी देवीको आराधना गरिन्छ। दसैँको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।