एचकेनेपाल डट कम –
काठमाडौँ, प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित १४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित अन्य १२ जना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ।
प्रहरीका अनुसार भुसालको नेतृत्वमा रहेको समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाएको थियो। तर, जिल्ला प्रशासनको अनुमति नलिई समूह बनाएर आन्दोलन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जेन–जीको आधिकारिक टिमले आजका लागि तय भएको प्रदर्शन बुधबार नै फिर्ता लिएको जनाएको थियो। यद्यपि, केही अराजक समूहले होहल्ला गरी स्थिति बिगार्न सक्ने आशंकामा काठमाडौँका विभिन्न चोकमा प्रहरी तैनाथ गरिएको छ। माइतीघर क्षेत्रमा सुरक्षालाई थप कडा पारिएको प्रहरीले बताएको छ।