Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इन्स हङकङको प्रथम वार्षिकोत्सव

एचकेनेपाल डट कम संवाददाता-
समावेशी नेपाली समाज–इन्स हङकङको प्रथम वार्षिकोत्सव नमोः बुद्ध क्लवमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुखअतिथि नेपाली सङ्घीय समाज–नेफेसो बेलायतका अध्यक्ष भगवान चाम्लिङ रहेका थिए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम, थप तस्वीरहरू

नेपाली राष्ट्रगानको धुनबाट शुरु भएको कार्यक्रममा इन्सका सदस्य इन्द्र वनेमले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उक्त समारोहमा सङ्घीय समाजवादी पार्टी–ससपा नेपाल काठमाडौं जिल्ला समितिका सदस्य तथा क्षेत्र नं. १ का अध्यक्ष ज्ञान राईलाई विशेष आतिथ्य प्रदान गरिएको थियो।

प्रमुखअतिथिबाट केक काटेर उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष हेजेन राईले गरेका थिए। शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुखअतिथि राईले नेपालको जातीय र वर्गीय मुक्तिको लागि स्थापित ससपा नेपालको उद्देश्य र लक्ष्य प्राप्तिको लागि मुलुक बाहिर रहने नेपालीको पनि दायित्व रहेको बताएका थिए।

विशेष अतिथि राईले केही नेताले छोड्दैमा पार्टी कार्यक्रम नरोकिएको दावी गर्दै अगाडि बढिरहेको बताएका थिए। सचिव किसन राईको सञ्चालन रहेको अन्तत्र्रिmयात्मक कार्यक्रममा अर्का सदस्य इन्द्रसिं राईले विचार व्यक्त गरेका थिए।





Comments

comments

1336