हङकङमा बैंक म्यानेजरको रहस्यमय मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ अक्टोबर । कम्पनीको कार्यक्रममा सहभागी भएपछि बेपत्ता भएका एक बैंक म्यानेजरको शव बुधबार बिहान हङकङको लोहास पार्क नजिकैको पानीमा फेला परेको छ।

४१ वर्षीय वङ नामक बैंक म्यानेजर बिहान करिब १० बजे १ लोहास पार्क रोड नजिकै पानीमा तैरिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार, वङले सोमबार राति करिब ९ बजे आफ्नी ३५ वर्षीया श्रीमतीलाई कम्पनीले आयोजना गरेको दौड कार्यक्रम सकिएको बताएका थिए। त्यसपछि उनी परिवारसँगको सम्पर्कमा रहेनन्।

उनलाई सम्पर्क गर्ने धेरै प्रयास असफल भएपछि उनकी श्रीमतीले बेपत्ता भएको रिपोर्ट दर्ता गराएकी थिइन्। प्रहरीले पछि फेला परेको शव बेपत्ता बैंक म्यानेजरकै हो भनी पुष्टि गरेको छ।





Comments

comments

133694