हङकङमा पाकिस्तानी समूहबीच झडप: १ घाइते नक्कली शरणार्थी पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ अक्टोबर । हङकङको याउ मा तेइस्थित क्यान्टन स्ट्रिट र निंगबो स्ट्रिट चोकमा गएराति ४१ वर्षीय पाकिस्तानी पुरुषमाथि चारजना पाकिस्तानीहरूले चक्कु र फलामको रडले प्रहार गरेका छन्।

दुई निजी गाडीमा आएका आक्रमणकारीले सडक छेउको अर्को गाडीमा ठोक्काएर पीडितलाई रोकेका थिए। पीडितको टाउको, दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ।

आक्रमणपछि भाग्ने क्रममा ३० वर्षीय पाकिस्तानी नक्कली शरणार्थीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्।

घटनास्थलमा २५ सेन्टिमिटर लामो खुकुरी, फलामको रड, रगत लागेको झोला र जुत्ता बरामद भएको छ।

दुवै घाइतेहरुको क्वाङ वा अस्पताल र एलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मुद्दा ‘आक्रमण तथा घाइते’ दर्ता गरी भागेका तीनजनाको खोजी तीव्र पारेको छ।





Comments

comments

133884