Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वेल्सलाई हराउंदै यसरी पुग्यो पोर्चुगल युरोकपको फाईनलमा

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
लण्डन, २३ असार । फ्रान्समा जारी युरोकप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा वेल्सलाई २–० गोलले पराजित गर्दै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ ।

बुधबार साँझ सम्पन्न खेलमा ४९ औं मिनेटमा पोर्चुगलका जर्सि नम्वर ७ क्रिस्टियानो रोनाल्डाले पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। रवाफिलो प्रतिस्पर्धाको ५२ औं मिनेटमा पोर्चुगलका नानीले दोस्रो गोल गरेका थिए।

वेल्सका लागि यो ५० वर्षयता कुनै ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो बेलायती टिम हुने अवसर टुङ्गिएको छ । उक्त सेमिफाइनल खेलमा भएको भिडन्तमा विश्व फुटबलका दुई महँगा खेलाडीको सबैभन्दा ठूलो विशेषता रहेको थियो ।

लियोनमा प्रतिस्पर्धा भएको खेलमा स्टार क्लब रियल म्याड्रिडका दुई खेलाडि बीचको समीकरणले पनि खेललाई थप रोमाञ्चक बनाएको थियो।

वेल्सका गारेथ बेलले इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा पुर्याउने सोच राखेका थिए भने पोर्चुगलका रोनाल्डोले आफू ३१ बर्षको उमेरमा पोर्चुगललाई अन्तर्राष्ट्रिय उपाधि जिताउने प्रतिज्ञा गरेका थिए ।

खेललाई दुई खेलाडीमा मात्र सीमित राख्न इच्छुक नभए पनि दुइ राष्ट्र बीचको भिडन्त रहेको थियो ।





Comments

comments

Leave a Reply

13391