Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिक्किमका नेपालीलाई ग्लोबल युवा पुरस्कार

एचकेनेपाल डट कम संवाददाता –
सिक्किमका नेपाली युवा योगन तामाङ यस वर्षको ग्लोबल युवा पुरस्कारबाट विभूषित हुने भएका छन्।

जोरेथन साउथ सिक्किमका युजीसी सिनियार रिसर्च स्कालर तामाङ संगई योङ्ग चेन्जमेकर पुरस्कारबाट समेत सम्मानित हुने भएका छन्।

पुरस्कार आगामी नोभेम्बर १२ देखि १४ तारिखसम्म नई दिल्लीस्थित बिज्ञान भवनमा हुने विश्व युवा सम्मेलनमा प्रदान गरिने छ। संयुक्त राष्ट्रका अधिकारीहरुसहित १७० देशका प्रतिनिधिहरू सो पुरस्कार समारोहमा उपस्थित हुने छन्।

सिक्किम सरकारबाट पनि पुरस्कृत भैसकेका तामाङ आई भोलेन्टर यु नामक एनजिअोका संस्थापक तथा प्रमुखसमेत हुन्।

विभिन्न सभासम्मेलनमा भाग लिन उनी म्यान्चेस्टर, बेलायत थाईल्याण्डको बैंककलगायत देश विदेश घुमिसकेका छन्।

गत वर्ष बंगलादेशबाट स्तंभकार तथा लेखक राकीबुल हसनले यो विश्व युवा पुरस्कार प्राप्त गरेका थिए।





Comments

comments

Leave a Reply

13397