भारतसंग मिलेर खतरानक खेल खेल्दै रेग्मी, यस्ता छन् योजना…

संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीलाई हराउने प्रमुख मतियार समेत रहेका सर्वोच्च अदालतका पूर्व–प्रधानन्याधीश खिलराज रेग्मीले एक साता पहिले गरेको भारत भ्रमण सन्देहको घेरामा रहेको छ ।

रेग्मी भारतीय संस्थापन पक्षको योजनामा नै भारत पुगेको र उच्च भेटघाट गरेको बताइन्छ । आफू भारत गएको र केही भेटघाट गरेको उनले स्वयम् समेत खुलासा गरेका छन् । नुवाकोटको विदुरमा मंगलबार उनले आफू भारत गएको र केही उच्च भेटघाट गरेको बताएका थिए ।

ओली सरकार असफल भएपछि भारतीय चाहनाअनुसार नै फेरि पनि आफ्नो काँधमा मुलुकको जिम्मेवारी आउने समेत रेग्मीको दावी छ । संविधान कार्यान्वयनका लागि भन्दै संसद विघटन गरेर पुनः नागरिक समाजको तर्फबाट प्रधानमन्त्री बन्ने योजना रेग्मीको रहेको छ । उनले सोही योजनाअनुसार नै भारतका उच्च अधिकारीसँग भेटवार्ता गरेको स्रोतको दावी छ ।

रेग्मीले भारतीय जनता पार्टीका अध्यक्ष अमित साहदेखि काँग्रेस आईका उच्च अधिकारी र भारतीय खुफिया एजेन्सी र का उच्च अधिकारीसँग भेट गरी ओली सरकार ढाल्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । संविधान कार्यान्वयन हुन नसक्ने त्यो अवस्थामा आफू भन्दा उत्तम विकल्प आफू नै भएको रेग्मीको दावी थियो ।

उनले आफू सबैलाई मिलाउन सक्ने भन्दै भारतीय उच्च अधिकारीसँग फूइ समेत लगाएका थिए । उनले त्यतिमात्रै भनेनन्, आगामी स्थानीय निर्वाचन, संघीय तथा प्रान्तिय निर्वाचनमा माओवादीको जमानत समेत जफत गराइदिने आश्वासन समेत रेग्मीले भारतीयलाई दिएका छन् । र का उच्च अधिकारीले थोडा वेट करो रेग्मी जी भन्दै खिलराजलाई आश्वस्त बनाएर पठाएको बताइन्छ ।

उनले आफू माओवादीलाई ठेगानलगाउन सक्ने एकमात्रै उपयुक्त व्यक्ति भएको भन्दै संविधानसभाको दोस्रो निर्वाचनको उदाहरण दिएका थिए । शक्ति र स्वार्थको प्रभावमा राम्ररी पर्न जान्ने रेग्मीले प्रधानमन्त्री भएर स्वाद फेर्ने रहर राखेको देखिन्छ । उनको रहर पूरा हुने अवस्था आए संसदीय व्यवस्था पुनः एकपटक धरापमा पर्ने देखिन्छ । खड्ग ओली पनि सरकार छाड्नु परे संसद विघटन गर्नेसम्मको योजनामा लागेको बुझिन्छ । उनले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन हुने अवस्था छैन, त्यो अवस्थामा असफल भएको भन्दै खिलराज रेग्मी जस्ता रहस्यमयी पात्र सतहमा आउने सम्भावनालाई नकार्न सकिन्न ।

रेग्मी भारतबाट फर्किएर निकस्टहरुसँग आफू पुनः प्रधानमन्त्री बन्ने बताइरहेको बेला एमाले नेता झलनाथ खनाल भने उपचारको वहानामा चीन प्रस्थान गरेका छन् । ओलीको गतिविधि ठिक नभएको भन्दै चीनले झलनाथलाई बोलाएर पछिल्लो अवस्थाको बारेमा जानकारी लिन खोजेको खबर आजको जनआह्वान साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

13402