“आमा फर्केर आउनुहुन्न” भन्दै रुँदै छन् ३ सन्तान..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ नोभेम्बर । हङकङको युन लोङ जिल्लास्थित सान बेई गाउँमा आज बिहान घर भत्काउने क्रममा एउटा पर्खाल अचानक ढलेर ४४ वर्षीया महिला मजदुरको ज्यान गएको छ।

बिहान १०:५६ मा प्रहरीलाई खबर प्राप्त भएको थियो। सार्वजनिक शौचालय नजिकैको पुरानो घर भत्काउँदा करिब ८ मिटर लामो, २ मिटर अग्लो र २० सेन्टिमिटर बाक्लो पर्खाल ढलेको थियो। पर्खालबाहिर काम गरिरहेकी लाम थरकी (४४) की ती महिलाको तल्लो अङ्ग थिचिएर बेहोस भइन्।

फायर सर्भिसको डिजास्टर रेस्पोन्स टिमले उनलाई उद्धार गरेर तुरुन्त पोक ओई अस्पताल पुर्‍यायो। बाहिरी चोट नदेखिए पनि दिउँसो १२:४६ मा चिकित्सकले मृत घोषित गरे।

श्रम विभागले भोलि बिहान ९ बजे घटनास्थलमा छानबिन गर्ने जनाएको छ। तर तीन अनाथ बच्चाको आँसु रोकिने छाँट छैन।

“आमा फर्केर आउनुहुन्न” – यो वाक्यले सान बेई गाउँबासीलाई रुवाउंदै छ। यो घटनाले सान बेईलाई शोक डुबाएको छ।

घरधनी लिन थर भएका सान बेई गाउँकै मूल बासिन्दा हुन्। गत वर्ष बूढा मालिक बितेपछि २० वर्ष पुरानो घर भत्काएर नयाँ बनाउने योजना थियो। भत्काउने काम १० दिनअघि सुरु भएको थियो।

मृतिका तीन सन्तानकी आमा थिइन्, श्रीमान् पनि काम गर्छन्। औद्योगिक चोटपटक अधिकार समूहकी महासचिव सियो चियनमनले भनिन्, “गाउँमा घर भत्काउँदा भवन विभागमा सूचना दिनु पर्दैन, नियमन पनि हुँदैन। नियम अत्यन्त कमजोर छन्।”

यो वर्ष जनवरीदेखि निर्माण क्षेत्रमा १६ जना मजदुरको ज्यान गइसकेको छ। समूहले श्रम र भवन विभागलाई घटनाको गहिरो छानबिन गरी सार्वजनिक गर्न आग्रह गरेको छ। – पशन तमू । हङकङ





Comments

comments

134026