नेपालमा कोरियाली दूतावासद्वारा के-फूड फेस्टिवल आयोजना

रमेश खवाजु –
काठमाडौं । नेपालस्थित कोरियाली गणतन्त्र दूतावासले शनिबार काठमाडौंस्थित राजदूतको निवासमा के-फूड फेस्टिवलको आयोजना गरेको थियो।

-

राजदूत पार्क ताइयोङले यो के-फूड फेस्टिवलले कोरियाबाट फर्केका कामदारहरू र पूर्व विद्यार्थीहरूलाई खाना र कोरियाको सम्झनाहरू मार्फत पुन: जोड्ने अवसरको रूपमा प्रकाश पारे। उनले नेपालमा कोरियाली संस्कृतिको बढ्दो लोकप्रियताका साथै के-पप, के-नाटक र कोरियाली खानाहरू पनि निकै रुचाएको बताए।

कोरियाली दूतावासले इपिएस मार्फत कोरियाबाट फर्केका नेपालीहरू र ग्लोबल कोरिया स्कॉलरशिप (GKS) का पूर्व विद्यार्थीहरूको कोरिया हुँदाको अनुभव र कोरियाली खाना साझा गर्न के-फूडको आयोजना गरेका थिए। कार्यक्रममा ४ समूहमा बाँडिएको के-फूडमा सहभागी १३ जनाले चिफाप, खाम्जाजन तथा अन्य विभिन्न कोरियन खानाहरू पकाएका थिए। कार्यक्रममा के-फूडमा सहभागीका परिवार तथा दूतावासका कर्मचारीहरू सहित लगभग ३५ जना सहभागी थिए।

नेपालमा कोरियाली सरकारले KOICA तथा K-HAMI मार्फत कोरियाबाट नेपाल फर्केका कामदारहरूको लागि पुनर्एकीकरण मार्फत के-फूड, उद्यमशीलता लगायत अन्य विभिन्न तालिम दिँदै आएका छन्। कोरियाली सरकारले नेपालमा रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्यका साथ नेपाली युवाहरूको लागि दिगो स्टार्ट-अप इकोसिस्टमको लागि सहयोग गर्दै आएका छन्।





Comments

comments

134109