सुतिरहेका दुर्गा प्रसाईं मध्यराति निवासबाटै पक्राउ

फाइल फोटो

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्।

-

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी सुतिसकेका प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका थिए। यसअघि गृह मन्त्रालयमा पेश भएको २६ बुँदे माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका उनलाई सम्भावित हिंसा भड्काउने आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले बोलाएको सुरक्षा बैठकमै प्रसाईंलाई नियन्त्रणमा लिने विषयमा छलफल भएको थियो। पक्राउपछि उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।





Comments

comments

134220