सहारा एकेडेमीमा दुधजङ्ग गुरुङको सहयोग

पोखरा । सहारा क्लब हङकङका सल्लाहकार दुधजङ्ग गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा २० हजार नगद सहयोग गरेका छन्।

-

पोखराको माटेपानी घर भई हाल रोजगारी सिलसिलामा हङकङ बसोबास गर्दै आएका उनले एकेडेमी संयोजक विष्णु गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् । साथै, उनले एकेडेमीका बालकहरूलाई फलफूलसमेत प्रदान गरे ।

यसैबीच, सहारा क्लब पोखराले एकेडेमी सहयोग सञ्चालनार्थ गरेको च्यारिटी डिनर नाइटमा समेत उनले १० हजार सहयोग गरेका थिए । क्लबको उद्देश्यप्रति प्रभावित भएर गुरुङले आगामी दिनमा पनि सहयोग निरन्तरता दिने आश्वासन दिएका छन् ।

सहारा क्लब पोखराका पूर्व उपाध्यक्ष एवं सहारा क्लब हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङले समन्वय गरेको सो कार्यक्रममा सहयोगदातालाई वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष बिनु राना मगर र एकेडेमी संयोजक विष्णु गुरुङले संयुक्त रूपमा फूलगुच्छा र खादा लगाएर स्वागत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले सहयोगदाता एवं समन्वयकर्ताप्रति धन्यवादसहित हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगी हात बढाउन अनुरोध गरे ।

सो अवसरमा कोषाध्यक्ष लीलाबहादुर थापा, कार्यसमिति सदस्यहरू अमरबहादुर राजभण्डारी, ज्योति केसी, विजय गुरुङ, शैलेश गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठको उपस्थिति थियो । जाँदाजाँदै दुधजङ्ग गुरुङ र दीपक गुरुङले एकेडेमीका ३ जना कर्मचारीलाई प्रोत्साहनस्वरूप जनही १ हजार सहयोग गरे ।

कार्यक्रम सञ्चालन क्लबका महासचिव गङ्गाराज पौडेलले गरेका थिए ।

सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्ल्लामा सञ्चालित एकेडेमीमा हाल ३० जना बालकहरू आश्रित छन् ।





Comments

comments

134226