च्वुन वान सेन्टरको सातौँ तल्लामा आगलागी

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ डिसेम्बर। शनिबार बिहान ३:१२ बजे च्वुन वान सेन्टर (पेकिङ हाउस) को सातौं तल्लाको एक युनिटमा भीषण आगलागी भएको छ।

-

झ्यालबाट निस्किएका ज्वाला र जलिरहेका टुक्राहरू तल खस्दा छैटौं तल्लाको एयरकन्डिसनरमा पनि आगो सल्किएको थियो।

दमकल विभागले एक होजलाइन र धुवाँ टोली प्रयोग गरी २४ मिनेटभित्रै ३:३६ मा आगो नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा झ्याल नजिकैको सामानबाट आगो सुरु भएको अनुमान गरिएको छ।

आगलागी भएको फ्ल्याटका एक पुरुष बासिन्दा धुवाँले अस्वस्थ भए पनि अस्पताल भर्ना गर्नु परेन। भवनको ग्राउण्ड फ्लोरमा वृद्धाश्रम रहेकाले करिब सय बासिन्दा रातिको पाइजामा र चप्पलमै घरपालुवा जनावरसहित पोडियममा सुरक्षित स्थानमा पुगेका थिए।

आगलागीमा कुनै संकाास्पद परिस्थिति नभेटिएको प्रहरीले बताएको छ।





Comments

comments

134540