न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० डिसेम्बर । गएराति करिब १२ बजे वोङ ताइ सिनको बाम्बुक युन दाओमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किएर भयानक दुर्घटनामा परेका छन्।
सडक मर्मतका कारण लेन साँघुरिएपछि अगाडिको ट्रक सुस्त भएका बेला ट्याक्सी चालकले दायाँ मोड्ने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो।
मोटरसाइकलमा सवार दक्षिण एसियाली चालक घाइते भए। उनलाई उपचारको लागि एलिजाबेथ अस्पताल पुर्याएको छ।
ट्याक्सीको अगाडिको भाग बांगिएको र मोटरसाइकल पूरै क्षतिग्रस्त भएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।


