हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका कुमार विश्वक्रान्ति र देवराज लामा भनिने राजकुमार तामाङ लामालाई थप अनुसन्धानका लागि पाँचथर पठाइएको छ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको थियो।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो।

पाँचथरमा उनीविरुद्ध जाहेरी रहेकाले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि पाँचथर पठाइएको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लामालाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो।

यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका थिए।





Comments

comments

134691