हङकङमा नयाँ वर्षको आतिशबाजी रद्द

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ डिसेम्बर । हङकङ सरकारले यस वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा भिक्टोरिया हार्बरमा हुने परम्परागत आतिशबाजी प्रदर्शन रद्द गरेको छ।

यसको सट्टा सेन्ट्रलको चाटर रोडमा पैदल यात्री क्षेत्रमा वैकल्पिक काउन्टडाउन कार्यक्रम हुने भएको छ।

सरकारले आधिकारिक रूपमा आतिशबाजी रद्द गर्ने कारण उल्लेख गरेको छैन, तर यो निर्णय हालै ताइ पोमा भएको घातक आगलागी दुर्घटनाको सम्मान र समुदायमा शोकको अवस्थालाई ध्यानमा राखेर लिइएको विश्वास गरिएको छ। उक्त आगलागीमा १६० भन्दा बढीको ज्यान गएको थियो।

मुख्य सचिव एरिक चानको अध्यक्षतामा भएको बैठकपछि जारी विज्ञप्तिमा आतिशबाजी बिना नै सार्वजनिक र पर्यटकसँग नयाँ वर्ष स्वागत गरिने उल्लेख छ।

पर्यटन बोर्डले कार्यक्रमको विस्तृत योजना पछि सार्वजनिक गर्ने जनाएको छ। नयाँ वर्षमा पर्यटक बढ्ने अनुमान गर्दै सीमा नाका र यातायात सेवा मजबुत बनाइने सरकारको भनाइ छ।





Comments

comments

134721