क्यालिफोर्नियाका लिम्बुहरूले चासोक तङ्नाम मनाउँदै नयाँ नेतृत्व छाने

स्थानीय प्रतिनिधि- विश्वकै नामी शहर सान फ्रान्सिस्को नजिक अमेरिकाको क्यालिफोर्नियाको पिनोलमा याक्थुङ लिम्बुहरू भेला भई आफ्नो मौलिक पर्व चासोक तङ्नाम मनाउँदै नयाँ नेतृत्व छानेका छन्।

याक्थुङ लिम्बु समुदायले मनाउने चार मुख्य चाडपर्वहरू मध्ये चासोक तङ्नाम एक मानिन्छ। चासोकको अर्थ न्वागी र तङ्नामको अर्थ पूजा वा उत्सव भन्ने हुन्छ। परापूर्व कालमा प्राकृतिक पूजक पूर्वजहरूले सिजनको पहिलो अन्नबाली आफ्नो प्रकृति देवी कुल देवतालाई चढाएर मात्रै खाने गर्थे। यसो गर्नाले घर परिवार समुदायमा सुख शान्ति हुने जनविश्वास थियो। पहिले घरघरमा मनाइने चासोक तङ्नाम पर्व समयको अन्तरालपछि अहिले आएर सामूहिक रूपमा देश विदेशमा मनाइँदै आएको पाइन्छ।

डिसेम्बर २०, २०२५ का दिन सात समुद्र पारिको त्यो विदेशी ठाउँमा उल्लेख्य मात्रामा उपस्थित भएर याक्थुङ लिम्बु समुदायले उनीहरूको प्राचीन सभ्यतासँग जोडिएको राष्ट्रिय पर्व चासोक तङ्नाम हाक्पारे पालाम ख्याली गाउँदै, धान नाच्दै, च्याब्रुङ बजाउँदै धुमधामसँग मनाएको जानकारी प्राप्त भएको छ।

किरात याक्थुङ चुम्लुङ क्यालिफोर्नियाले आयोजना गरेको उक्त अधिवेशनसहितको चासोक तङ्नाम भेलाले श्री कमान लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको जनाइएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तुम्याहाङ हर्ष साँवा, मन्तव्य सरु साँवा, सुर्य कार्की, पुष्प हाङ सम्बाहाम्फे, टंक फोम्बो, तेज लिम्बु, सञ्चालन तथा सङ्गठनिक प्रतिवेदन प्रतिभा सुब्बा, बजेट प्रस्तुति कृष्टि सुब्बा, शुभकामना मन्तव्य तथा विधान सङ्शोधन रोशन सुब्बा, संस्थाको भावी कार्ययोजना तुम्याहाङ सुरेन्द्र फोम्बो, साथै वर्तमान कार्यसमितिको उपलब्धि तथा सभापतित्व अतित सुब्बा ज्यूले गर्नुभएको थियो।





Comments

comments

134788