कतारमा मगरहरुले यसरी मनाए भुम्या महोत्सव

बिजय कुमार मगर / एचकेनेपाल डट कम –
दोहा कतार, “सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथमा “गरिव तथा जेहन्दार मगर विद्यार्थीको लागि अक्षय कोष स्थापना”सहयोगार्थ मगरहरुको महान चाड भुम्या पर्व २०७३ को मनाइएको छ।

नेपाल मगर संघ, शाखा कतारद्धारा आयोजित “प्रथम मगर भुम्या महोत्सव— २०१६” कार्यक्रम संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सनैयास्थित एसियन टाउन, क्रिकेट स्टेडियम को इएन्डोर हलमा मिति १५ जुलाई २०१६ शुक्रवारका दिन मगर तथा गैरमगरहरुको ब्यापक सहभागितामा विविध सांस्कृतिक प्रस्तुति, मगर भेष भूषाको प्रर्दशन अनि मगरहरुको खानाको परिकारहरु सेलरोटी, अचार, फलफूलको भोजन गरी मगरहरुको महान चाड भुम्या पर्व सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा संघका पूर्व अध्यक्ष तथा बर्तमन प्रमुख सल्लाहकार भिम तरामु मगर, एन.आर.एन (एन.सि.सि)कतारका अध्यक्ष विनेश तामाङ, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष घनश्याम पराजुली रहेका थिए भने अन्य अथितिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आबद्ध मातृसंस्थाहरु किरात याक्थुम चुम्लुङ, किराँत राई यायोख्खा, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारी सभा, प्रवासी भुजेल सेवा, सुनुवार सेवा, महिला समाज कतार, त्येसैगरि बुद्धिजिवि, समाजसेवी, र ब्यबसायीहरु, कतारमा स्थापित विभिन्न विभिन्न बैचारीक संघ,संस्थाहरु, जिल्ला स्तरीय संस्थाहरु र सामाजिक संस्थाहरु, अन्य जातीय तथा धार्मिक संघ सस्थाहरु, कला तथा साहित्यिक सस्थाहरु, नेपाल मगर संघ,शाखा कतारका संस्थापक सदस्यहरु, सल्लाहकारहरु र एरिया समितिहरुका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए ।

अतिथिहरुको आसन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षद्धारा संयुक्त रुपमा व्यानर अनावरण गर्नुभएर दिप प्रज्जलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाईसकेपछि प्रथम शहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झना गर्दै मौन धारणा गरेको थियो। उपस्थित सम्पूर्णलाई स्वागतका मनतब्य संघका द्वितीय उपाध्यक्ष लिलम्बर चिदी मगरले राख्नु भएको थिया भने भुम्या पर्वको बारेमा जानकारी कार्यक्रम संयोजक अभिमत पुन मगरले दिनुभएको थियो कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा सम्पूर्ण जिल्ला बासी संस्थाका तर्फबाट रोल्पा जलजला सेवा समाजका सस्थापक चेतमान रोका मगरले विश्वमा छरिएर रहेको मगरहरु एकजुट हुनु पर्ने अहिलेको आवश्यकता भएको वताउनु भयो । महिला समाज कतारका अध्यक्ष रेखा राई, समाजसेवी तथा बुद्धिजीवी दिल किरण खजुम लिम्बु, मातृसंस्था हरुको तर्फबाट सुनुवार सेवा समाजका अध्यक्ष नर बहादुर सुनुवारले त्येसै गरि बैचारिक संस्थाहरु बाट एकता समाजका अध्यक्ष लुमाकान्त पुन, नेपाल जनप्रगतिशिल मंच बाट जैबि राई, नेपाल प्रवासी मंच कतार बाट अध्यक्ष राम हरि गैरे, जन सम्र्पक मंच कतार बाट महामन्त्री अजिज अलिले मन्तब्य राख्नु भएको थियो ।

एन.आर.एन.ए ( एन.सि.सि ) कतारका अध्यक्ष बिनेश तामाङले मगरहरुको महान चाड भुम्या पर्व को शुअवसरमा शुभकामना मन्तब्य राख्नु हुँदै भन्नुभए नेपाल मगर संघ, शाखा कतारले बृहत रुपमा मनाएको भुम्या पर्व कार्यक्रम सफल रहेको साथै परदेशमा पनि आफ्नो कला सस्कृती र चाड लाई बचाइ राख्नु सफल रहेको खुशी प्रकट गर्नु भयो । नेपाल मगर संघ, कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले कार्यक्रम सभ्य र भब्य रुपमा कार्यक्रम को सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

विशेष गरी राप्ती र धौलागिरी अञ्चलका अथार मगराँत क्षेत्रमा बसोबास गर्ने खाम भाषी मगर समुदायले परापुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको भुम्या पर्वलाई कतारमा पहिलो पटक नेपाल मगर संघ, शाखा कतारले मगरहरु को धर्म संस्कृति पहिचान लाई जोगाई राख्ने उद्देश्य मा सम्पन्न भएको छ । नोकोबाङ्गे नाचले समेत चिनिने यस भूम्या पर्वमा पुजारीले र सभापति तथा प्रमुख अतिथिहरुले पूजाआजा गरे पश्चात २२ चालमा नांचमा प्रत्यक्ष पञ्चे वाजा बजाएर भुम्या नाच शुरु भएको थियो।

सांस्कृतिक प्रस्तुतीहरुमा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका मगरहरुको सास्कृतिक झल्काउने नृत्यहरु हुर्रा, सालैजो, झ्याउरे, फिल्मी गीत, नेपाल मगर संघ, शाखा कतारको कला तथा सास्कृतिक बिभागका कलाकारहरुले प्रस्तुत गरेका थिए भने उक्त नृत्यका निर्देशक जनक थापा मगर, अभिमत पुन मगरले गर्नु भएको थियो। सांस्कृतिक विभागका सल्लाहकार तथा केन्द्रिय समितिका सल्लाहकार सदस्य जनक थापा मगरले संपूर्ण जिम्मेवार लिनु भएको थियो ।

संघको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागका कलाकारहरु जनक थापा मगर, मोहन थापा मगर, टेक रसाइली, केशव राना मगर रोशिका लामा, माया तामाङ ,सृजना रेस्मी मगर, सीता मगर, इशोरा थापा मगर गायेत्री पुन मगर जानू थापा मगर, कृष्ण सोराली मगर, दिल मगर ,रमन महर्जन र राजेश श्रेष्ठले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए भने सोम थापा मगर, बिजय रानापाली,बल बिक्रम थापा मगर, डि एन मगर, बिजय मगर ले कार्यक्रममा मिठो स्वरमा गित गाउनु भएको थिए । अतिथि लोक गायीका सरीता गुरmङ्ग श्रेष्ठले पनी भने गीत प्रस्तुत गरेर कार्यक्रममा उपस्थित जनमानसको मन जितेका थिईन भने सास्कृतिक कार्यक्रमको संचालन सोम थापा मगर र इशोरा थापा मगरले संचालन गरेका थिए ।

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार अध्यक्ष सियाराम चौधरीले भुम्या पर्वको अवसरमा विश्वभर छरिएर बसेका मगर हरुलाई एक्यवद्धता हुनका लागि अझ बढि प्रेरणा मिलेको भन्दै हार्दिक मंगलमयका साथमा शुभकामना दिनु हुंदै कार्यक्रम सब्य र भब्य रुपले सफल भएकोमा नेपाल मगर संघ, शाखा कतारलाई धन्यवाद दिनु भयो ।

कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले भुम्या भनेको जमिन हो, प्रकृति हो, भुई हो, माटो हो, भूमि हो या समग्र पृथ्वी हो त्येसैले बाढी पहिरो जस्ता दैबिक प्रकोप नहोस् र कुनै बाली , धन जनमा क्षति नपुगोस भनि प्रकृतिलाई खुशी पार्न आफ्नो ठाउँ अनुसार कुखुरा या भेडा बलि दिएर पुजा गरि प्रकृतिसंग शान्तिको कामना गर्दै महिला पुरूष गोलबद्द भएर नाच्ने रमाइलो गर्ने चलन रहेको बताउनु भयो । विशेष गरी अठार मगरांतका मगरहरुले यो पर्ब गाँउको मुलि छान्ने र बर्ष दिनको योजना बनाउने अनि गाउं ठाउंमा विपत्ति नहोस् भनि प्रकृतिलाई खुशी राख्न भूम्या पूजा गरे अनावृष्टि र अतिवृष्टि नहुने मगर समुदायको विश्वास रहेको पनि वताउनु भयो ।
अन्तमा, “गरिव तथा जेहन्दार मगर विद्यार्थीको लागि अक्षय कोष स्थापना” का लागि सहयोग गर्ने सहयोगीहरु, प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि र कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै मगरहरुको महान चाड भुम्या पर्व २०७३ को सु—अवसरमा हार्दिक शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भयो।





Comments

comments

Leave a Reply

13531