सभामुखलाई प्रधानमन्त्रीको प्रश्न : संसद वर्षमानले चलाउने कि तपाईंले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीमगरको भूमिकाप्रति आशंका व्यक्त गर्दै पार्टीभन्दा माथि उठेर भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सभामुखसँगको छलफलमा प्रधानमन्त्री ओलीले बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची हटाएर अविश्वासको प्रस्ताव अघि बढाउने सभामुखको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

‘संसद् तपाईं (सभामुख) ले चलाउने हो कि वर्षमानजीले ?’ सभामुख घर्तीका पति माओवादी केन्द्रका नेता वर्षमान पुनप्रति पनि आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले सभामुखसँग आक्रोश पोखेको स्रोतले बतायो । ‘वर्षमानजी केपी ओलीको चंगुलबाट बल्ल मुक्त भएर हाइसन्चो भयो भन्दै हुनुहुन्छ रे, म पनि माओवादीबाट मुक्त भए भन्दै आफ्नै ढंगले अघि बढ्दा हुन्छ ?’

भन्ने प्रश्न प्रधानमन्त्रीले गरेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले पार्टीभन्दा पनि संविधान, ऐन, परम्परा र अभ्यासअनुसार भूमिका खेल्न सभामुख घर्तीलाई सुझाव दिएका थिए । जबाफमा घर्तीले आफूले विगतकै परम्पराअनुसार अविश्वासको प्रस्ताव अघि बढाएको धारणा राखेकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले विगतमा विशेष अधिवेशनबाहेक कुन समयमा सरकारी बिजनेस हटेर अविश्वास प्रस्तावमा छलफल भएको थियो भन्ने प्रश्न गर्दै विगतको अभ्याससम्बन्धी संसद् सचिवालयले वितरण गरेको पत्र देखाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

13552