कतारमा तमू भाषामा कविता वाचन कार्यक्रम सम्पन्न

बिल तमू / एचकेनेपाल डट कम –
दोहा, कतार । तमू (गुरुङ) समाज, कतारले सांगठनिक सुदृढीकरणको लागि आन्तरिक छलफल तथा तमू भाषाको कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष खेम तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख संरक्षक बिलबहादुर तमू प्रमुख अतिथि थिए । प्रमुख अतिथिबाट ब्यानर अनावरण र द्विप प्रज्वलन सहित प्रथम उपाध्यक्ष रस (शिव) तमूले आफनै मातृ भाषामा स्वागत मन्तब्य राखेका थिए भने महासचिव खुशी तमूले कार्यक्रम सञ्चालन गरेका थिए।

सांगठनिक सुदृढीकरणका लागि आन्तरिक छलफल ः
तमू समाज कतारलाई सांगठनिक रुपमा मज्बुत बनाउन बिविध विषयमा आन्तरिक रुपमा छलफल गर्नु पर्ने आवश्यकता थियो । त्यसैले समाजको बिधान र यसले गरेका ब्यवस्थाहरु सम्बन्धमा कार्यसमिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको बिचमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाको बिधान र यसमा भएका ब्यवस्थाहरु सम्बन्धमा प्रमुख संरक्षक बिलबहादुर तमूले सहजिकरण गरेका थिए ।
संस्थामा पदिय जिम्मेवारी लिएका पदाधिकारी तथा सदस्यहरुको पदिय जिम्मेवारी सम्बन्धमा छलफल गरिएको थियो । त्यसै गरि संस्थाको आर्थिक हिसाव कसरी चुस्त दुरुस्त राख्न सकिन्छ भन्ने वारेमा संरक्षक बुधबल तमूले सहजिकरण गरेका थिए । तमू समाज कतारको आर्थिक पाटोलाई ब्यवस्थित बनाउन अपनाउनु पर्ने उपायहरु वारे बिस्तृत छलफल गरिएको थियो ।

तमू भाषा र खेमा लिपि सम्बन्धमा महिला बिभागकी संयोजक टौमाया“ तमूस्योले सहजिकरण गरेकी थिईन । भाषा हाम्रो पहिचानको एउटा महत्वपुर्ण पक्ष हो भने भाषालाई जिवन्त राख्न लिपिको आवश्यकता पर्दछ । नेपालमा तमू भाषा पठन पाठनमा खेमा लिपि प्रचलनमा आईरहेको र छिमेकी मुलुक भारतको सिक्किम राज्यमा खेमा लिपिलाई सरकारी मान्यता दिईएको परिपेक्षमा हामीले पनि खेमा लिपिलाई नै आधिकारीक लिपिको रुपमा स्विकार्नु पर्ने ठहर गर्दै खेमा लिपिको प्रारम्भिक शिक्षालाई अगाडी बढाउने उक्त चलफल कार्यक्रममा निस्कर्ष निकालिएको छ ।

तमू भाषाको कविता वाचन कार्यक्रम ः
तमू भाषा र साहित्यलाई अगाडी बढाउन समाजले बिगत केहि वर्षदेखि मातृ भाषा कविता वाचन कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । त्यसैको शिलसिलामा तमू समाज कतारले कतारमा रहेको तमू साहित्यानुरागिहरुको सृजना सुन्ने र सुनाउने ब्यवस्था मिलाउदै आएको छ । तमू भाषामा कुल ७ जना सर्जकहरुले कविता र गजल प्रस्तुत गरिएका थिए । टौमाया“ तमूस्यो, पुर्ण तमू, तेज तमू, तेज तडपन तमू लगायतले कविता र याम तमू, ज्ञानु तमू र नरबहादुर तमूले तमू भाषामा गजल वाचन गरेका थिए । टौमाया“ तमूस्योको कवितालाई खेमा लिपिमा लेखिएको थियो । आफनै भाषामा वाचन गरिएका कविता र गजललाई सबैलाई बुझन सजिलो होस भनि खस नेपाली भाषामा पनि उल्था गरेर वाचन गरिएको थियो ।

आजीवन र मानर्थ सदस्यताको प्रमाणपत्र बितरण ः
समाजको बिधानले ब्यवस्था गरेको प्रकृया पुरा गरेर आजीवन सदस्यता लिने सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र बितरण गरिएको थियो । प्रमाणपत्र पाउने सदस्यहरुमा क्रमशः हिमाल तमू (शिव) कास्की, बिरु तमू चितवन र ज्ञानु तमू तनहु“ थिए । त्यसै गरि गैर तमू भएर पनि समाजलाई विशेष योगदान पु¥याउने सहयोगि ब्यक्तिहरुलाई मानर्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । मानर्थ सदस्यता पाउने ब्यक्तिहरुमा क्रमशः सुर्य थापा मगर – स्याङजा, पदम थापा मगर – तनहु“, अजय परियार – धनुषा, राजेन्द्र भण्डारी – म्याग्दी हाल कास्की, सुनिल रजाली मगर – गुल्मी, मिना थापा मगर – रौतहत, पार्वती बस्नेत – सिन्धुपाल्चोक र जानु थापा मगर – गोरखा थिए ।

सरीता तमूस्यो सम्मानित र सांस्कृतिक प्रस्तुति ः
बिभिन्न क्षेत्रमा ख्याति कमाएको तमू ÷ तमूस्योहरु कतार आएको अवसरमा समाजले सम्भव भए सम्म भेटघाट गर्ने र सम्मान गर्ने परम्परा बसालेको छ । यसै मेसोमा लोक दोहोरी क्षेत्रमा आफनै छुटटै स्थान बनाउन सफल सरिता तमूस्यो श्रेष्ठलाई कतारमा सम्मान गरिएको छ । ईद–अल–फित्रको अवसरमा चितवन धमाका कार्यक्रममा आफनो प्रस्तुति दिन आई पुगेकी लोक दोहोरी गायीका सरिता तमूस्यो श्रेष्ठलाई समाजको तर्फबाट क्रमु (पछयौरी), समाजको लोगो अंकित खादा र सम्मानपत्रबाट सम्मान गरिएको छ । प्रवासमा आफनै माईतिबाट यसरी सम्मानित हुन पाउदा अत्यन्त गर्व लागेको बिचार ब्यक्त गर्दै आफनो आकर्षक प्रस्तुतिबाट सबैलाई नाच्न बाध्य पारिन भने ज्ञानु तमू र पुर्ण तमूस“ग रमाईलो दोहोरी पनि खेलिन । साथै समाजका तृत्तीय उपाध्यक्ष हरीकाजी तमू र महिला बिभागकी कोषाध्यक्ष डिलकुमारी तमूस्योको आकर्षक दोहोरीले पनि माहौल तताएको थियो ।

प्रशिक्षणको आवश्यकतामा जोड ः
तमू समाज कतारले कतारमा आयोजना गरेका हरेक कार्यक्रमहरु बिशेष खालको र सफलताका साथ सम्पन्न भएका छन । यसको श्रेय भनेको समाजमा आबद्ध सदस्यहरुको एकता र जिम्मेवारी बोध गर्ने बालीलाई जान्छ । यति हुदा हुदै पनि समाजलाई ब्यवस्थित ढंगले अगाडी बढाउन नेतृत्व बिकासलाई प्राथमिकतामा राख्नु पर्नेमा सबै सहभागिहरुले जोड दिए । संस्थामा ब्यक्ति नरहन पनि सक्छ तर संस्था भनेको निरन्तर चलि रहनु पर्ने हुनाले नेतृत्व बिकासमा जोड दिई समाजमा आबद्ध सदस्यहरुलाई नेतृत्व लिन तयार बनाउनु पर्ने तर्फ ध्यान दिन सुझाव दिईएको थियो । यसरी आ–आफनो मन्तब्य राख्नेहरुमा तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू, महिला बिभागकी संयोजक टौमाया“ तमूस्यो, तृत्तीय उपाध्यक्ष हरीकाजी तमू, निर्देशक सल्लाहकार कृष्ण तमू, संरक्षक बुधबल तमू, प्रमुख संरक्षक बिलबहादुर तमू लगायत थिए । कार्यक्रमको अन्तमा अध्यक्ष खेम तमूले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13566