पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह : ६ हजार ६२२ विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा शुक्रबार विभिन्न सङ्कायका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित भएका छन्।

पोखरा–३० खुदी ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गरेकी हुन्।

दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका ३ हजार ६२५, विज्ञान तथा प्रविधिका २ हजार ५०६, स्वास्थ्य विज्ञानका ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १२६ जना विद्यार्थी सहभागी थिए।

समारोहमा ६ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सँगालेकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। दीक्षित हुनुअघि प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको विशेष बैठकले योग्य विद्यार्थीहरूको ‘ग्रेस लिस्ट’ पारित गरेको थियो।

समारोहका क्रममा शैक्षिक उत्कृष्टता हासिल गर्ने ६६४ जना विद्यार्थीलाई ‘डीन लिस्ट’ उपाधि र अन्य उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मान समेत गरिएको छ।

वि.सं. २०५४ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल ३७ हजार ५९३ विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालयमार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।





Comments

comments

135675