अभिनेत्री माया गुरुङद्वारा सहारा एकेडेमीका बालकलाई ३० थान फुटबल बुट सहयोग

पोखरा, अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन्।

पोखरा रंगशालामा चलिरहेको २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन्।

सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दैआएकी थिइन्।

उनको निर्माण बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ ले दुई साताअघि मात्र छायांकन सकाएको छ। लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् । जहाँ, माया आफैँै पनि अभिनय गरेकी छन्।

आफ्ना छोरा हिमाल गुरुङको जन्मोत्सव अवसरमा एकेडेमीका बालकहरुलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको माया गुरुङले प्रतिक्रिया दिइन्।

यसैबीच, ट्रडर्स जेएन एफ.सी. हङकङको प्रायोजन एवं आकाश राईद्वारा एकेडेमीका बालकहरुलाई १० थान फुटबल सहयोग गरिएको थियो।





Comments

comments

135684