ओलीले दिए बालेनलाई बधाई- ‘बालेन बाबु, हार्दिक शुभकामना!’

काठमाडौं, प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरेका छन्।

बालेन शाहले ६८,३४८ मत प्राप्त गर्दा ओलीले १८,७३४ मत मात्रै पाए। यो जित नेपालको राजनीतिमा ठूलो उलटफेर मानिएको छ।

काठमाडौं महानगरका पूर्वमेयर बालेनले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर यति ठूलो सफलता हासिल गरेका हुन्।

जितपछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिएका छन्। ओलीले लेखेका छन्,
“बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् – हार्दिक शुभकामना !” यो सन्देशसँगै ओलीले बालेनलाई तबला उपहार दिएको पूरानो तस्बिर पनि सार्वजनिक गरेका छन्।

बालेन शाहको यो जितलाई युवा मतदाता र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको छ।





Comments

comments

137450