झापा-५ : बालेन भारी मतान्तरले विजयी

झापा, प्रतिनिधिसभा निर्वाचन २०८२ को सर्वाधिक चर्चित क्षेत्र झापा–५ मा मतगणना सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका छन्।

शाहले ६८३४८ मत प्राप्त गरेका छन् भने ओलीले १८७३४ मत मात्रै पाएका छन्।

समिर तामाङ्ग श्रम संस्कृति पार्टी ९२३३, मंधरा चिमरिया नेपाली कांग्रेस १८२१, लक्ष्मी प्रसाद संग्रौला राष्ट्रिय प्रजातन्त्र पार्टी १५३६ र रन्जित तामाङ नेपाली कम्युनिष्ट पार्टीले १४६१ मत पाए।

यो क्षेत्रलाई चुनावको ‘इपिसेन्टर’ मानिएको थियो, जहाँ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको परम्परागत गढमा काठमाडौंका पूर्वमेयर तथा रास्वपा वरिष्ठ नेता बालेनले पहिलो पटक संसदीय निर्वाचन लडेका थिए।

ओलीले २०७९ मा ठूलो मतान्तरले जित हासिल गरेका थिए, तर यसपटक युवा तथा स्वतन्त्र राजनीतिको लहरले चुनौती थपेको थियो। झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन्।

निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको थियो। यो नतिजाले पुराना राजनीतिक दल र नयाँ पुस्ताको नेतृत्वबीचको पुस्तान्तरणको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।





Comments

comments

137386