नेपालगञ्ज, १४ चैत । पूर्वप्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार नेपालगञ्जमा गृहमन्त्री सुधन गुरुङको पुत्ला दहन गरेका छन्।
सडकमा टायरसमेत बालेर उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङ विरुद्ध नाराबाजी गरेका थिए।
त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताका बीचमा केहीबेर धकेलाधकेल पनि भएको थियो। एमाले कार्यकर्ताहरूले चक्काजामसमेत गरेका थिए।


