रातारात फेरियो मन्त्रीको सूची

काठमाडौं, नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको सपथ दिएनन् ।

उनको चाहना सपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो ।

जसअनुसार बिहीबार प्रधानमन्त्रीका रुपमा प्रचण्डले र मन्त्रीमा माओवादीका तीन तथा कांग्रेसका पनि त्यति नै जनाले सपथ गर्ने तय गरियो ।

सपथग्रहणको तयारीमा यत्तिमै सकिएन । पहिलो चरणमा क–कसले सपथ ग्रहण गर्ने भन्न नाम पनि अघिल्लो दिनै तय गरियो जसका लागि नेकपा माओावदी केन्द्रबाट कम्तीमा तीन नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीले सपथ लिने निश्चित गरिएको पार्टीभित्रैबाट चर्चा चलाइयो ।

अध्यक्ष प्रचण्डसँगै मन्त्रीको सपथ लिन नेताहरु पनि व्यग्र प्रतिक्षामा थिए । आजको नागरिक दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

13802