एमालेमा बामदेव रोक्दा यस्तो भयो बेहाल

काठमाडौं – प्रधानमन्त्रीको उम्मेदवार त्यो पनि प्रचण्डसँग हार्नका लागि एमालेमा को थियो त तयार । आम रुपमा आएकै थियो बामदेव गौतम र सुवास नेम्वाङ । प्रधानमन्त्रीबाट हट्नु परेपछि रोइकराई गरेका केपी ओलीको जोड थियो आफ्ना प्रियपात्र नेम्वाङलाई हार्नका लागि मात्रै भएपनि प्रधानमन्त्रीको उम्मेदवार बनाउने ।

पछिल्लो पटक पार्टीको लगाम क्रमशः खुकुलो भएको कारण ओलीको कुरा पत्याउने स्थायी समितिका अब एकाध मान्छे मात्रै बाँकी रहेका छन् । ओली नेम्वाङ खोज्ने, झलनाथ खनाल, माधव नेपाल र अन्त्यमा त ईश्वर पोखरेल समेत वामदेवलाई नै उम्मेदवार बनाउ भन्ने पक्षमा देखिए ।

प्रचण्डसँग चुनाव हार्दा पनि इज्जत नै पो हुन्छ भन्दै केहीले भीम आचार्यलाई समेत उचाले । बालुवाटारमा आयोजना गरिएको स्थायी समितिको बैठकमा धेरैको मत बामदेवतिर नै देखियो तर त्यसका लागि एउटा सर्त थियो – संसदीय दलको नेता वामदेवलाई बनाउनुपर्छ ।

नेपाल, खनाल सबै सोही सर्तको पक्षमा उभिए । केपी ओलीको दाहिने हात भन्दै प्रचार गराइने शंकर पोखरेल समेत त्यो विषय त जायज नै हो नी कर्ण भन्दै ओलीको सामु प्रस्तुत भए । सुरेन्द्र पाण्डेलाई चाहि कसलाई के धन्दा घरज्वाईलाई खानको चिन्ता भने जसरी भीम आचार्यलाई नै उम्मेदवार बनाउ न त भन्ने प्रस्ताव राख्न भ्याइहाले ।

केही नेताले भने सिपी मैनालीको पनि नाम ल्याए, केहीले चित्रबहादुर केसी उपयुक्त उम्मेदवार भनेर बखान गर्न पनि भ्याए । तर चित्रबहादुर ओलीका लागि हरुवा उम्मेदवार बनिदिन तयार थिएनन् । उता रह्यो सिपी मैनालीको कुरा ।

सधै श्रीमान श्रीमती नै रोजी रोजीकन मन्त्री बन्नुपर्ने उनको विशेष बानी रहेका कारण मैनाली उपयुक्त पात्र भएपनि विश्वास भने नभएको प्राणीको रुपमा उनलाई चित्रण गरियो ।

वामदेवले संसदीय दलको नेता बनाउने भए प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दर्ता गराउँछु समेत भने । तर, त्यसको डर के हो त भन्दा ओली संसदीय दलको नेता छाड्ने वित्तिकै प्रचण्डसँगको पूर्व सहमतिअनुसार को अगाडि बढ्छ भन्ने भएकाले केपी ओलीको सेल्फ सेन्ट्रिक दिमाग चल्न थाल्यो ।

आफूलाई प्रधानमन्त्री बनाइदिएको, केही मुद्दाका कारण हाइ हाई भएको भूलेर वामदेवले फेरि पनि माओवादीलाई समर्थन गर्छ भन्ने डरले ओली त्यसका लागि तयार भएनन् । फेरि भोलि जुनसुकै बेला पनि प्रचण्डले वामदेवलाई समर्थन गरिदिएको खण्डमा त वामदेव प्रधानमन्त्री हुने अवस्था आउने भएपछि ओली गौतमलाई संसदीय दलको नेता बनाउन तयार देखिएनन् । जनआह्वान साप्ताहिकमा खबर छ ।





Comments

comments

Leave a Reply

13804