६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

फाइल फोटो

बागमती । तिहार सकिएलगत्तै हेटौँडामा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ। हेटौँडाको राप्ती नदी किनाराको दायाँतर्फ छठ पूजालाई लक्षित गरी सात फिटको पण्डालसहित ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी संरचना निर्माण गरिएको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिए।

हेटौँडामा पछिल्ला २० वर्षयता छठ पूजाप्रतिको आकर्षण बढ्दै गएको उनले बताए। छठ पूजालाई भव्य र सभ्य बनाउने लक्ष्यसहित प्रभावकारी सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षासम्बद्ध सबै निकायसँग समन्वय भइरहेको संयोजक गुप्ताले जानकारी दिए।

पछिल्ला वर्षमा तराईका जिल्लाहरूबाट विभिन्न सेवा, पेसा र व्यवसायका सन्दर्भमा हेटौँडामा बसाइँसराइ हुने क्रमसँगै छठ पूजाको रौनकता पनि थप बढ्दै गएको समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले बताए। रासस





Comments

comments

142272