Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवमा पुत्र प्रकाश दाहाल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन्।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत थिए।

यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए।

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन्। रासस





Comments

comments

Leave a Reply

13808