Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीन भन्छ – ‘टाढा छैन रेल सपना… तिब्बत–नेपाल रेल सम्भव छ’

चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ।

‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचारमा तिब्बतबाट दक्षिण एसियासम्म रेल्वे लाइन बनाउने अनुभव चीनसँग रहेको र त्यो प्राविधिक हिसाबले सम्भव रहेको उल्लेख छ।

चाइनमा डेलीका अनुसार प्रतिघन्टा सय किलोमिटरका दरले विश्वका उच्च हिमाली क्षेत्र र पुरानो हिमखण्डबाट रेल कुद्ने सपना अब लामो छैन। नयाँ पत्रिका दैनिकमा खबर छ।

‘प्रतिघन्टा तीन सय ५० किलोमिटरको द्रुतगतिमा १९ हजार कलिोमिटरभन्दा बढी किलोमिटरमा तिब्बतदेखि दक्षिण एसियाली प्रायद्वीपसम्म रेल्वे लिक निर्माण गर्न चीनसँग प्रविधि र पुँजी दुवै छ,’ चाइन तिब्बतोलोजी रिसर्च सेन्टरका विज्ञहरुलाई उद्धृत गर्दै चाइन डेलीले लेखेको छ,‘हिमालय रेल्वे तिब्बतको सिगात्सेबाट सुरु भएर सीमावर्ती ल्यान्डपोर्टनजिकको केरुङसम्म पुग्नेछ। यद्यपि यो उच्च गतिको रेल्वे हुनेछैन।’





Comments

comments

Leave a Reply

13819