Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पार्श्व गायनमा चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पार्श्व गायनमा चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ, बिगत तीन बर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर गीत संगीतलाई पेशा बनाउदै आएकी नबगायिका स्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन्।

सानै उमेरदेखि गायनमा रुचि राख्ने स्वेच्छा ठकुरी कक्षा चारमा पढ्दा देखिनै बिद्यालयमा गाउने र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन्। नेपाली तारा सिजन ३ को टप फाइबमा पर्न सफल तथा महिला तर्फको बिजेता बन्न सफल गायिका स्वेच्छा ठकुरीले अहिलेसम्म तीन दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेकी छिन्।

यो बर्षको सुपरहिट चलचित्र प्रेमगीतको चर्चित गीत मैले सोचेको जस्तै मैले खोजेको जस्तै बोलको सफल गीत गाइसकेकी नबगायिका स्वेच्छा ठकुरीको माग अहिले नेपाली चलचित्र पार्श्व गायनमा बढ्दो छ र उनी अहिले विभिन्न चलचित्रको गीत गाउन ब्यस्त छिन्।

चाडैनै आफ्नो पहिलो सोलो एल्बम नेपाली दर्शकसामु लिएर आउन लागेकी गायिका स्वेच्छाले आफ्नो एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउनेमा उनी विश्वस्त छिन्।

भविष्यमा चर्चित गायिका बनेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन लागि परेकी गायिका स्वेच्छाले अहिलेको ठाउंसम्म आउन धेरै मेहनत गरेको बताउछिन्। परिवार, बिशेष गरी बुवाको साथ र सहयोग पाएर यो क्षेत्रमा अगाडि बढेकी उनी भैरहवा रुपन्देहीबाट आफ्नो भाग्य गीत संगीतमा चम्काउन राजधानी काठमाडौँ आएकी हुन्।





Comments

comments

Leave a Reply

13821