Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशी पर्यटकमाथि तालिवान आक्रमण

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
काबुल, अफगानिस्तानको पश्चिमी शहर हेरात यात्रामा हिडेका एक दर्जन विदेशी पर्यटकहरु तलिवान आक्रमणमा परेका छन्।

अफगानिस्तानका सरकारी सेनाको संरक्षणमा भम्रण गर्न हिडेका पर्यटकहरु, राजधानी नजिकैको जिल्ला चिस्टी सरिफ सडक खण्डमा आंतककारीहरुले हमला गरेका हुन्।

यात्रामा रहेका पर्यटकहरु ८ बेलायती ३ अमेरिकन र १ जर्मनी रहेका थिए । अफगान सुरक्षाकर्मीका अनुसार केही सामान्य घाइते भएका विदेशी पर्यटकहरुको हेरातस्थित इटालियन सैनिक अस्पतालमा उपचार भईरहेको जनाए । घाइते पर्यटकहरुलाई काबुल अस्पताल चाडै लगिने उनले बताए । हेरात राज्यपालका प्रवता जलानी फरहादका अनुसार आंतककारीहरुले सानो हतियारले गोली हाने पछि विस्फोटक पदार्थ विस्फोट गराएका थिए।

उक्त घटनाको बारेमा तालिवान संगठनका प्रवक्ता जबिउल्लाह मुजाहीदले हमलाको जिम्मेवारी लिएका छन् । अफगानिस्तानको मुख्य सडकहरु सर्वसाधरणहरुकालागि यात्रा गर्न धेरै खतरनाक मानिन्छ । आतंककारी तालिवानहरुले बाटोमै जघन्य अपराध र अपहरण जस्ता क्रियाकलाप सधै गरिरहेको सुरक्षामा खटिएका प्रहरी अबदुल खानले बताए ।

अफगानिस्तानको नाम नै सुन्दा भयानक द्वन्दले घेरिएको देश असुरक्षित भए पनि बर्षमा थोरै संख्यामा विदेशी पर्यटकहरु भ्रमण आइरहने परराष्ट्र मन्त्रालयकाले जनाएको छ । सानो समूहमा रहेका पर्यटकहरु बामियान प्रान्तस्थित अजङ्ग भगवान बुद्धको मुर्ति अवलोकन गर्न हिडेको विज्ञापित साइडले जनाएको छ ।

बामियान प्रान्तबाट हेरात शहरको यात्रामा सुन्दर दृश्य र ठाँउ ठाँउमा निलो तलाउहरुको मुख्य आर्कषणका कारण विदेशी पर्यटकहरु भ्रमणमा आउने स्थानियबासी जाबेद अब्दुलले बताए।





Comments

comments

Leave a Reply

13833