काठमाडौं, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका पाण्डेलाई सार्वजनिक खरिद तथा ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का हेरफेर गरेको आरोपमा काठमाडौंको घरबाट शुक्रबार पक्राउ गरिएको हो।
सीआईबीका अनुसार, उनीमाथि सरकारी ठेक्काहरूमा आफ्नो कम्पनीलाई फाइदा पुर्याउन डिजिटल प्रणालीमा अनियमितता गरेको आरोप छ। यो प्रकरणमा यसअघि नै अन्य ६ जनालाई पक्राउ गरिसकिएको थियो।
उनी ठेक्कापट्टा क्षेत्रमा प्रभावशाली व्यवसायीको रूपमा चिनिन्छन्। प्रहरीले यो घटनालाई सरकारी खरिद प्रक्रियामा भएको डिजिटल ठगीको व्यापक अनुसन्धानको भागका रूपमा हेरेको छ।
पाण्डे २०७९ सालमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्य जितेर सहरी विकास मन्त्री भएका थिए।


