हङकङका महावाणिज्यदूत लेखकलाई फिर्ता बोलायो सरकारले

फाइल फोटो फेसबूकबाट

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ अप्रिल। सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत लेखकलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय गरेको हो।

लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ। उनी २०८१ चैत्र १२ गते हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि महावाणिज्यदूतमा नियुक्त भएका थिए।





Comments

comments

138247