सहारा क्लबद्वारा हङकङमा फुटवल प्रशिक्षण गराउदै

हङकङ, सहारा क्लब हङकङले नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ।

बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसीसी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन्।

हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङ्गो मानिन्छ। हङकङका ट्रेनिङ सेण्टरहरू विदेशी प्रशिक्षकहरूले संचालन गरेको हुनाले महँगो भएको हो।

सहारा क्लब हङकङद्वारा युथ फुटबल ट्रेनिङ निशुल्कः रुपमा आयोजना भएको छ भने यो तेश्रो संस्करणको हो।

करीब ३५ जना बालक सहभागी भई प्रशिक्षण लिइरहेका छन्। तामाङ हङकङ फुटबल एसोसियशनका मान्यता प्राप्त प्रशिक्षक हुन्। प्रशिक्षण ३ अगस्तदेखि ३१ सम्म चल्ने छ।

सुदर्शन रञ्जितको सहयोगमा…





Comments

comments

Leave a Reply

13837