Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु


एचकेनेपाल डट कम संवाददाता-
गोरखा, २४ साउन। गोरखाबाट पाँच दिनको सुत्केरीलाई लिएर उडेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ।

फिस्टेल एयरको ‘९ एनएकेए’ कलसाइन हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा हेलिकोप्टरका चालक २५ वर्षीय रन्जन लिम्बू, १९ वर्षीय सुत्केरी प्रीति गुरुङ, उनका पाँच दिनको शिशु, ससुरा ६० वर्षीय किर्तमान गुरुङ, सासु ५६ वर्षीया अज्ञानी गुरुङको मृत्यु भएको छ।

त्यसै गरी, दुर्घटनामा काठमाडौंबाट हेलिकोप्टर लिएर गोर्खा गएकी लक्ष्मी गुरुङ र गोर्खास्थित हेल्थपोस्टमा काम गर्ने नर्स इटहरीकी निशा तामाङको समेत मृत्यु भएको छ।

फोटो सौजन्य: हरि सापकोटा





Comments

comments

Leave a Reply

13852