मलेसियामा अलपत्र परेका कामदारहरु अढाई बर्षपछि न्याय

रवि भट्ट / एचकेनेपाल डट कम –
क्वालालम्पुर।मलेसियास्थित एक कम्पनी बन्द भई अलपत्र परेका कामदारहरुले करीब अढाई बर्षपछि न्याय पाएका छन् । कम्पनी बन्द भए लगतै पीडितहरुले नेपाली जन प्रगतिशिल मञ्च मलेसियालाई निबेदन दिएको र सहयोग गरि न्याय दिलाएको मञ्चले सोमबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

प्राप्त निवेदनलाई छलफल गरि पीडितहरुलाई न्याय दिलाउन मजदुर तथा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको क्रियाशील संस्था तानागानितामा मञ्चले दर्ता गराएको थियो । दर्ता गरिएको निवेदन उपर तानागानिता, मञ्च, पीडित र रोजगारदाताहरु वीच छलफल गरि समस्याको समाधान गरिएको विज्ञप्तिमा उल्लेख छ।

पीडित १७ जना रहेको र उनीहरुलाई जनही १ हजार रिङगेटका दरले रकम उपलब्ध गराईएको छ । एकमुष्ठ रकम १७ हजार रिङगेट अथवा ४ लाख ४७ हजार ९ सय ६० रुपैया मञ्चले नेपालमा पार्टीको विदेश विभागमा ५ अगष्टका दिन पठाई सकेको विज्ञप्तिमा जारी गरिएको छ ।

१७ जना पीडितहरुमा धनुषाका शन्तोष कुमार पण्डित, राम सागर यादब, विन्दु कपर, राम प्रताप राय अमत, महमद मुस्ताक, राम सागर महतो, राम विलाष मण्डल, राम ईश्वर यादब, देव नारायण मण्डल, उमेश मुखिया तथा सप्तरिका अजित कुमार मण्डल, महेश कुमार यादब, शितल कुमार मण्डल, शिब शंकर मण्डल, शुख मोचन मण्डल, राम विलाश कामत र महोत्तरीका शम्भु महरा रहेका छन्।

उल्लेखित पीडितहरुले आफ्नो परिचय खुल्ने आबश्यक कागज पत्र लिएर नेकपा माओवादी केन्द्र विदेश विभागमा सम्पर्क गरी रकम बुझ्न सकिने मञ्चका अध्यक्ष प्रेम पाण्डेले जानाकारी दिए।

उनले यस्तै थुप्रै पीडितहरु मलेसिया रहेका र उनीहरुको निवेदन पर्न आएमा मञ्चले सक्दो सहयोग गरी उनीहरुको लागि न्याय दिलाउने बताए । नेपालबाट आउदा आफू कुन कम्पनीमा के कामको लागि आउने हो सम्पूर्ण जानाकारी लिएर मात्र आएमा यहाँ अलपत्र नपर्नेसमेत उनले जानाकारी दिए।

स्मरण रहोस् पीडितहरुको सोही रकम लिन जाने क्रममा अध्यक्ष पाण्डेको मोवाईल स्थानीयहरुले लुटेका थिए।





Comments

comments

Leave a Reply

13860